आर्थिक प्रसङ्ग
बैशाख १०,२०७४
-
२०७४,वैशाख,१०-
अदुवाको उत्पादनमा वृद्धि भएसँगै नवलपरासीका स्थानीयवासी अहिले सुठो बनाउनमा ब्यस्त छन् Iबर्षाका कारण पछि समस्या हुने भन्दै किसानहरु आगो बालेर अदुवा पोल्नमा ब्यस्त देखिन्छन I
अदुवाको माग उच्च भएतापनि भारतले निकासीमा रोक लगाएको भन्दै बिचौलियाहरु सस्तोमा किन्न आउने समस्याले गर्दा स्थानिय आफैँले सुठो बनाउन थालेको बताएI देवचुली- ६ कीर्तिपुरका रामबहादुर मगरले भन्नुभयो ‘काँचोमा बेचौं भने गुन्द्रुकको भाउमा खोज्न आउँछन्, सस्तो बेच्नुभन्दा सुठो बनाएर बेचे केही नाफा हुन्छ I
काँचोमा प्रतिधार्नी ३० देखि ४० रुपैयाँमा व्यापारीले माग्ने गरेका छन् ,भने सुठो प्रतिधार्नी तीन सय रुपैयाँमा बिक्री हुने गर्छ Iत्यसैले सबै मिलेर चौरीमा आगो बाली भट्टी बनाउने र पालैपालो गरी अदुवा पोलेर सुठो बनाउने गर्छन Iत्यसो त भारतले निकासीमा रोक लगाएको हल्ला चलाएर बिचौलियाले किसानलाई सस्तोमा बेच्न बाध्य पार्छन् ,भने गाउँगाउँमा व्यापारी जान छाडेका छन् I
यस क्षेत्रका किसानको जीविकाको आधार अदुवा हो । केही वर्षपहिलेसम्म बजार राम्रो भए पनि अहिले बजार नपाउँदा मारमा परेको बताउछन I जिल्लाका पहाडी क्षेत्रमा पर्ने नरम, जौवारी, अर्खला, भारतीपुर, मिथुकरम, रुचाड्ड, रकुवा, बुलिङटार, डाँडाझेरी, कोटथर, रतनपुर, हुप्सेकोट, धुर्कोट, धौवादी, राकाचुलीलगायतका स्थानमा यो खेती गर्ने गरिन्छ I
अन्य समुदायको तुलनामा मगर समुदायका मानिसहरु यो खेतीमा संलग्न छन् । राम्रो गोडमल पाएमा एक धार्नी अदुवाको बीउबाट कम्तीमा आठ धार्नी अदुवा उत्पादन हुने गर्छ ।
प्रमुख समाचार