Trending :
 

बलात्कारपछि किशोरीको जिउँदै जलाएर हत्या !

बैशाख २४,२०७५

-

२४ बैशाख, २०७५

भारतको झारखण्ड राज्यकी एक किशोरीको सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ । 

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । 

किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । 

घटनामा आरोपित १५ मध्ये १४ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । 

धानु भुईयान नामका व्यक्ति र उनका सहयोगीहरुको गत शुक्रबार १६ बर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झराखण्ड प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ ।