बैशाख २४,२०७५
-
२४ बैशाख , २०७५
खेलको ७२ औ मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनालाई बराबरीमा रोक्यो । ला लिगामा सिंगो सिजन अपराजित रहन बार्सिलोनाले अब बाँकी तीन खेल नहारे पुग्छ ।
हिजो राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेलेका छन् ।
नाउक्याम्पमा भएको खेलको १० औं मिनेटमा बार्सिलोनाका लुइस स्वरेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए । तर, बार्सिलोनाको त्यो अग्रता धेरैबेर टिक्न भने सकेन ।
पहिलो गोल खाएको चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे ।
पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टो रातो कार्ड खादै मैदान छोड्न पुगे । १० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि पनि अग्रता लियो । उसका लागि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे ।
तर, ७२ औं मिनेटमा बेलले बराबरी गोल गर्दै रियललाई हारबाट जोगाए ।
दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा सीमित रहँदा रियलका रोनाल्डो घाइते हुनपुगे र उनले मैदान छाडे । उनको स्थानमा एसेन्सिओ मैदान प्रवेश गरेका थिए ।
बराबरी सँगै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल म्याड्रिडले पछिल्लो चार एल क्लासिकोमा जित्न निकाल्न सकेन ।
यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजित हुने रेकर्ड बनाउनेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार