बैशाख २५,२०७५
-
५ बैशाख, २०७५
यो सिजन आई.पी.एल मा दस मध्ये सात खेल हारेको रोयल च्यालेन्जर्स बैंग्लोरको प्लेअफ यात्रा लगभग समाप्त भएको छ ।
हिजो राति भएको खेलमा सनराइजर्स हैदरावादसंग पाँच रनले पराजित भएसँगै रोयल च्यालेन्जर्स बैंग्लोरको प्लेअफ खेल्ने सम्भावना कमजोर भएको हो ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओवरमा सबै विकेट गुमाउदै १४६ रन बनायो ।
हैदरावादका लागि कप्तान केन विल्लियम्सनले सर्बाधिक ५६ रन बनाउदा शकिब अल हसनले ३५ रनको महत्वपूर्ण पारि खेले । तेस्तै शिखर धवनले १३ तथा युसुफ पठानले १२ रन जोडे । हैदरावादका बाँकी छ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
बैंग्लोरका लागि टिम साउथी र मोहम्मद सिराजले तीन(तीन विकेट लिए । तेस्तै उमेश यादव र युजवेन्द्र चहलको नाममा पनि एक/एक विकेट रयो ।
१४७ रनको लक्ष्य पाएर जवाफी ब्याटिंगमा उत्रिएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन मात्र बनायो र खेल ५ रनको झिनो अन्तरले सनराइजर्स हैदरावादलाई सुम्पिन पुग्यो ।
बैंगलोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए । आक्रमक सुरवात गरेका पार्थिव पटेलले २० रन मात्र बनाउन सके । तेस्तै कोलिन डी ग्रान्डहमले ३३ तथा मन्दिप सिंहले २१ रन जोडे । एबी डिभिलियर्सलाई पाँच रनमा राशिदले बोल्ड आउट गरे ।
पहिलो पटक आईपीएल खेलिरहेका मोइन अलीलाई १० रनको स्कोरमा सिद्धार्थ कौलले विकेटकिपर ऋद्धिमान साहको हातबाट क्याचआउट गराए ।
हैदरावादले हिजो पनि आफ्नो उत्कृस्ट बलिंग प्रदशनलाई कायम राख्न सफल भयो ।
हैदरावादका लागि शकिब अल हसनले २ विकेट लिए । तेस्तै सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले एक/एक विकेट लिए ।
आईपीएलको जारी संस्करणमा १० खेल खेल्दा ८ मा जित हात पारेको हैदरावाद १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । आईपीएलका पुराना सिजनलाई हेर्ने हो भने यो अंकले हैदरावाद प्लेअफमा पुग्ने पक्का भइसकेको छ ।
यता रोयल च्यालेन्जर्स बैंग्लोरले १० खेलमा केबल ३ खेलमात्र जित्न सकेको छ । बैंग्लोर ६ अंकका साथ अंक तालिकाको छैठौं स्थानमा छ । हैदरावादसँग हारेसँगै बैंग्लोरलाई प्लेअफमा पुग्न मुस्किल भएको छ । आठ मध्ये शीर्ष ४ मा पर्ने टिमले प्लेअफ खेल्ने छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार