Trending :
 

पारमाणविक सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पले महत्वपूर्ण निर्णय गर्दै

बैशाख २५,२०७५

-

वैशाख २५, २०७५  काठमाडौँ 
 
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्ने भएका छन् । 
 
उनले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने भन्ने बारे सोमबार नै जानकारी दिएका थिए । 
 
आफ्नो ट्वीटर अकाउन्टमार्फत ट्रम्पले भनेका छन, ‘मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु ।’ यसअघि उनले इरानसँगको सम्झौता खारेज गरिने बताउँदै आएका थिए । 
 
पारमाणविक सम्बन्धका प्रतिबन्धहरु खुकुलो गर्ने शर्तमा इरान र विश्वका शक्तिराष्ट्रबीच भएको अन्तर्राष्ट्रिय सहमतिको राष्ट्रपति ट्रम्पले विरोध गर्दै आएका छन् । 
 
अन्य पारमाणविक शक्तिसम्बन्धी सम्झौताका हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिका सो सहमतिबाट पछि हट्न नहुने भन्दै आएका छन् । 
 
फ्रान्सका विदेशमन्त्रीले सोमबार नै आफूहरू उक्त सम्झौताको पक्षमा नै रहने जानकारी दिए थिए ।
 
उनले अमेरिकाको निर्णय जेजस्तो आए पनि आफूहरु सहमतिकै पक्षमा रहिरहने धारणा व्यक्त गरेका छन् । 
 
त्यसै गरी ब्रिटिस विदेशमन्त्रीले पनि उक्त सहमति नतोड्न अमेरिकालाई आग्रह गरेका छन् । एजेन्सी