भरतीय प्रधानमन्त्री नेरन्द्र मोदीले १२ मे मा हुन लागेको कर्नाटक राज्यको चुनावलाई नेपालबाटै प्रचार गर्न लागेको खुलेको छ ।
चुनावका लागि मौन अवधि सुरु भएपछि मोदी नेपाल आउदैछन ।
उनको नेपाल भ्रमणको प्रमुख उद्देश्य नेपालबाटै चुनावको प्रचार गर्नु रहेको भारतीय सञ्चारमाध्यमले जनाउन थालेका छन ।
बिबिसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अनिल चमडियाले १२ मेमा कर्नाटकमा चुनाव हुँदै गर्दा भारतीय मिडियामा चुनावलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री मोदीको हिन्दु मन्दिर दर्शनको खबर आउने प्रबन्ध मिलाएको दाबी गरेका छन् ।
मोदीले नेपालका हिन्दु मन्दिरहरुको दर्शनलाई भारतीय मिडियाहरुले ‘खबर’ मान्दै प्राथमिकताका साथ प्रचार गरे पनि त्यसको पछाडि चुनावी प्रचार नै भएको उनको जिकिर छ ।
भारतीय निर्वाचन आयोगले देशको कुनै भागमा निर्वाचन हुँदै गर्दा दुई दिन अगाडिदेखि प्रचारप्रसारमा रोक लगाउने भए तापनि भारतीय जनता पार्टीले चोरबाटोबाट प्रचारप्रसार गर्ने गरेको पनि उनले दावी गरेका छन् ।
कर्नाटकमा भारतीय जनता पार्टीले हिन्दुत्वलाई चुनावी कार्डको रुपमा प्रयोग गरिहेको बताउँदै अनिलले लेखेका छन् ‘सन् २०१७ को ८ मार्चमा उत्तर प्रदेश विधानसभाको चुनाव हुँदै गर्दा प्रधानमन्त्री मोदी गुजरातको सोमनाथ मन्दिर दर्शन गर्न गएका थिए ।’
अनिलले चुनावको आसपासमा प्रधानमन्त्री मोदीले देशका विभिन्न मन्दिरको दर्शन गर्ने रोचक अध्याय सुरु गर्ने गरेको बताएका छन् ।
भारतीय मिडियाकर्मीको लर्काे
मोदीको मुक्तिनाथ ‘दर्शन’ को निर्णयसँगै मुक्तिनाथ क्षेत्रमा भारतीय मिडियाहरुको चहलपहल बढेको छ ।
प्रधानमन्त्री मोदीको ‘तीर्थाटन’ को ‘कभरेज’ का लागि राज्य नियन्त्रित दूरदर्शनल गायतका टेलिभिजन च्यानलदेखि अन्य संचारमाध्यमका प्रतिनिधिहरु मुस्ताङ पुगेका छन् ।
‘बैशाख २५ गते नै दूरदर्शन लगायतका पत्रकारहरु मुक्तिनाथ पुगेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।