नेपालको आर्थिक विकासबारे चिनियाँ नेता र दाहालको छलफल
-
बैशाख २६, २०७ काठमाडौं
चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङ नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।
चिनियाँ नेताहरुसँग छलफल गर्दै उनले अहिले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको उल्लेख गरे ।
अध्यक्ष दाहालले चिनियाँ नेताहरुसँग रेलमार्ग सहितका विषयमा छलफल गरेका थिए ।
‘हाम्रो मुख्य उद्देश्य पर्यटन क्षेत्रको विकास गर्ने हो । त्यसका लागि कनेक्टिभिटी पहिलो आवश्यकता हो । सडक, रेल र सञ्चारको केनेक्टिभिटीबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ’, उनले भने, ‘हाम्रो आर्थिक विकासको अभियानमा चिनियाँ लगानीकर्ताहरुलाई स्वागत छ ।’
सेक्रेटरी लिजियाङले नेपाल चिनियाँ जनताको गन्तव्य रहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्न चिनियाँ लगानीकर्ता आकर्षित भइरहेको उल्लेख गरे ।