अन्तराष्ट्रिय प्रसङ्ग
बैशाख ११,२०७४
-
११,२०७४,वैशाख सोल - उत्तर कोरियाले अमेरिका लाई धम्की दिएको छ I
अमेरिकाले आफ्ना एयरक्राफ्ट यूएसएस कार्ल विन्सन पश्चिमी प्रशान्त महासागरमा पठाएको भोलिपल्टै उत्तर कोरियाले एयरक्राफ्ट वाहकलाई समुद्रमा डुबाइदिने धम्की दिएको हो I उक्त क्षेत्रमा हाल जापानका दुईवटा जहाज र अमेरिकी एयरक्राफ्टले संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका छन् I उत्तर कोरिया को गतिविधि बाट अमेरिकाको धैर्यता सकिएको र कूटनीतिक तवरमा कोरियासँगको सम्भावना नरहेको बताउँदै आक्रमण गर्न सकिने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जानकारी दिएका छन् I
उत्तर कोरियाको सरकारी पत्रिकाले लेखेको छ, ‘हाम्रो सेनाले एकैपल्टको आक्रमणमा अमेरिकी एयरक्राफ्ट समुद्रमै डुबाइदिन सक्षम छ भने परमाणु शक्तिसहितको उक्त एयरक्राफ्ट डुबाइदिनु हाम्रो सैनिक शक्तिको शानदार उदाहरण हुनेछ ।' उत्तर कोरियाले मंगलवार कोरियाली पीपल्स आर्मीको ८५ औं स्थापना दिवस मनाएको थियो । उत्तर कोरियाले त्यस्ता अवसरलाई आफ्नो हतियार परीक्षण गर्ने मौकाको रूपमा प्रयोग गर्दै आएको छ ।
यो वर्ष पनि प्योङयाङले यस्ता परीक्षण गरेका समाचार प्रकाशित भएका थिए । उत्तर कोरियालाई तह लगाउन को लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एयरक्राफ्ट वाहक युएसएस कार्ल विन्सनलाई कोरियाली सिमानाको छेवैमा समुद्रमा तैनाथ गर्न आदेश दिइसकेका छन् । त्यसैगरी अमेरिकी हित र मित्रहरुको रक्षा गर्न को लागि ट्रम्पले यस्तो आदेश दिएको उनको भनाइ छ । दक्षिण कोरियामा अमेरिकाले उच्च सुरक्षा प्रणाली (थाड) तैनाथ गरेपछि उत्तर निकै आक्रामक देखिएको हो भने कोरियाली प्रायद्वीपमा अमेरिकाले अस्थिरता र अशान्ति सिर्जना गर्न खोजेको प्योङयाङको भनाइ छ ।
यसका साथै उत्तर कोरियाको परमाणु शक्ति र क्षेप्यास्त्रलाई ट्रम्पले निकै खतराको रूपमा लिन थालेका छन् I एसियाली मुलुकसँगको सम्बन्धमा सैन्य क्षेत्रमा लगानी नगर्ने उनको सुरुको भनाइ अहिले बदलिएको छ । उत्तर कोरियाले भने आत्मरक्षार्थ परमाणु हतियार बनाएको स्पष्ट पार्दै आएको छ र आफ्नो कार्यमा हस्तक्षेप गर्न खोजेको भन्दै छिमेकका जापान र दक्षिण कोरियामा परमाणु आक्रमणको धम्की दिन थालेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार