बैशाख २७,२०७५
-
२७ बैशाख , २०७५
आई.पि.एलमा यो सिजन मुम्बईले राम्रो सुरुवात गर्न सकेन । मुम्बईले खेलेका सुरुका तिनै खेल हार्यो । तर मुम्बईले आफ्ना पछिल्ला तीन खेलमा भने सहज जित निकालेको छ ।
११ खेल खेलेको मुम्बईले ५ मा जित निकालेको छ भने ६ खेलमा हार बहोरेको छ ।
५ खेल जितेर अंक तालिकाको चौथो स्थानमा उक्लिने क्रममा मुम्बईले हिजो कोलकातालाई १०२ रनले हरायो ।
एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनायो । मुम्बईको जीतमा इशान किशनले उत्कृष्ट प्रदर्शन गरे । १७ बलमा अर्ध सतक बनाएका उनले २१ बलमा ५ चौका र ६ छक्का हान्दै ६२ रनको योगदान दिए ।
चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान प्लेयर अफ दि म्याच बने ।
तेस्तै रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रन जोडे । बेन कटिंगले ९ बलमा ३ छक्का प्रहार गर्दै २४ रन बनाए ।
बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट झारे ।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाता १८.१ ओवरमा १०८ रन बनाउदा अल आउट भयो । ब्याटिंगमा खराब सुरुवात गरेको कोलकताका ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका रोबिन उथप्पा पनि धेरैबेर टिक्न सकेनन् । उनी १४ रन बनाएर पेभिलियन फर्किए । आन्द्रे रसेल २ तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए ।
बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिए ।
प्ले अफमा पुग्न अब मुम्बई र कोलकाता दुवै टिमले बाकी रहेका तिनै खेल जित्नै पर्ने भएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार