Trending :
 

प्रधानमन्त्री कप क्रिकेट जेठ दोस्रो हप्ताबाट, १० टोलीे सहभागी

बैशाख २७,२०७५

-

वैशाख २७, २०७५ काठमाडौं ।
 
जेठ दोस्रो हप्ताबाट प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ ।
 
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिता जेठ १३ देखि २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।
समूह एमा आर्मी, सशस्त्र प्रहरी क्लब र प्रदेश १, २ र ४ परेका छन् भने समूह बीमा पुलिससँगै प्रदेश ३, ५, ६ र ७ रहेका छन् ।
 
समूह चरणको खेलपछि दुबै टोलीबाट शीर्ष दुई टोली सेमिफाइनलमा 
पुग्नेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख पाउनेछ । म्यान अफ दि सिरिजले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार पाउनेछन् ।
 
प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।