बैशाख ११,२०७४
-
वैशाख ११ -
लियोनल मेसीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पानिस ला लिगाअन्तर्गत बहुचर्चित एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले पराजित गरेको छ।
गएराती भएको रोमाञ्चक खेलमा रियल विरुद्ध २ गोल गरेसँगै बार्सिलोनाको लागि मेसीको अफिसिएल गोल संख्या ५ सय पुगेको छ।
रियलसँग खेल्नु अघि मेसीले सबै खाले प्रतियोगितामा बार्सिलोनाको लागि ४९८ गोल गरेका थिए।
निकै उतारचढाप पूर्ण खेलमा बार्सिलोनालाई ३ अंक दिलाउन लियोनल मेसीले २ गोल गर्दै ५ सयौँ गोलको कोसेढुङ्गा पुरा गरेका हुन् ।
५ सयमध्ये ला लिगामा मात्र उनले ३ सय ४३ गोल गरेका छन् ।
यस्तै, च्याम्पियन्स लिगमा ९४ र स्पेनिस कपमा ४३ गोल गरेका छन् ।
अन्य २० गोल अरु प्रतियोगिताबाट गरेका हुन्।
यता ला लिगा अन्तर्गत एल क्लासिकोमा मेसीले अलफ्रे डे स्टेफानोलाई पछि पार्दै सर्वािधक गोलकर्ता बनेका छन् । मेसीको १६ गोल भएको छ भने स्टेफानोको १४ गोल छ ।
सबै खाले एल क्लासिकवमा भने मेसी २३ गोलका साथ पहिलो स्थानमा छन् ।
यो संस्करणमा क्रिसटियानो रोनाल्डोले पहिले नै ५०० गोल बनाइसकेपनि मेसीले भर्खरै बनाएको ५०० गोल उनी भन्दा कम उमेर र कम खेलमा बनाएका हुन् ।
५०० गोल बनाउदा रोनाल्डो ३१ वर्ष ३१३ दिनका थिए भने मेसी अहिले २९ वर्ष ३०४ दिनका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार