Trending :
 

पर्यटन बिशेष

नेपाल पर्यटन बोर्डद्वारा मोबाइल एप्लिकेशन सार्वजनिक

बैशाख ११,२०७४

-

११,वैशाख,काठमाडौँ-

नेपाल पर्यटन बोर्डले नयाँ मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ I वेलकम नेपाल नाम दिइएको उक्त एप्लिकेशनमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी लिन सकिन्छ I आन्तरिक तथा विदेशी पर्यटकलाइ लक्षित गरि यस एपको विकास गरिएको बोर्डले जनाएको छ Iपर्यटन प्रबर्दनको लागि बनाइएको यस एपमा विभिन्न गन्तव्यको बारेमा जानकारी समावेश गरिएको छ I यो एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको कार्यकारी प्रमुख दीपकराज जोशीले बताए।

 

हाल एन्ड्रोइडको लागि बिकास गरिएको एप बिस्तारै आइओएस प्लेटफर्म पनि उपलब्ध हुने र आगामी दिनहरुमा अन्य प्रविधिहरुको बिकास गरिदै लगिने उनको भनाइ छ I आकर्षक गन्तव्यहरूको सजिलो र भरपर्दो रुपमा सबैले अत्याधिक जानकारी लिन सकिने हुनाले यसको उपयोगिता बढ्ने बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीको विश्वास रहेको छ Iएपलाइ एकचोटी डाउनलोड गरिसकेपछि बिना इन्टरनेट नै प्रयोगमा ल्याउन सकिने छ I

 

यसका साथै एपमा प्रमुख गन्तव्यहरुको विशेषता, त्यहाँको सेवा सुविधा तथा आउने जाने र बस्ने व्यवस्थाको बारेमा र नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ। त्यसैगरी यो एपबाट विशेषगरी विदेशी पर्यटकहरु आकर्षित हुने अधिकारीहरुको विश्वास छI स्वदेशी पर्यटकले पनि थाहा नभएका स्थानहरुको वारेमा जानकारी लिइ लाभान्वित हुन सक्ने उनको तर्क छ I