Trending :
 

पेरिसमा बाटोमा हिडिँरहेका मानिसहरुमाथि चक्कु प्रहार

बैशाख ३०,२०७५

-

बैशाख ३०, २०७५ पेरिस  ।
 
फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले बाटोमा हिडिँरहेका मानिसहरुमाथि धारिलो हतियारले आक्रमण गरेका छन् । 
 
आक्रमणमा परेर एकको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।
 
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।
 
फ्रान्सका अभियोजनकर्ताहरुले उक्त घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन् ।
 
 
सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग एक इञ्चले पनि नझुक्नेु बताएका छन् ।
 
पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो । एजेन्सी ।