अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख ११,२०७४
-
११,वैशाख,२०७४,बेइजिंग-
आज बिहान अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता भएको छ I बार्तामा दुइ देश बिच रही आएको सुमधुर सम्वन्ध र उत्तर कोरियाले निम्त्याएको समस्यामा आधारित रहेर छलफल गरिएको जनाइएको छ I
त्यसैगरी उत्तर कोरियाले केहि साता देखि लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिविच उक्त वार्तामा यसैलाई मुख्य बिषय बनाउनुभएको पनि जानकारी भएको छ I
चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अमेरिकी राष्ट्रपतिलाई आश्वासन दिनु भयो I यसका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तोसुकै सहयोग गर्न तत्पर रहेको र कुनै पनि राष्ट्रले सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उहाँले बताउनु भएको छ ।
त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निरश्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अबलम्बन गर्नु पर्ने पनि राष्ट्रपति जिनपिङ्गले बताउनु भएको छ । दुवै देशमा आएको साझा समस्याको समाधान गर्न चिन तत्पर रहेको पनि बताउनुभयो I
प्रमुख समाचार
सम्वन्धित समाचार