बैशाख ११,२०७४
-
वैशाख,११ काठमाडौँ –
राजधानीको भृकुटीमण्डपमा आउने शुक्रवारदेखि बैंकिङ एक्स्पो हुने भएको छ। आम नागरिकलाई लक्षित् गरी बैंक, बिमा तथा सेयर बजार सम्वन्धमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले मेला आयोजना हुन लागेको हो।
मेला तीन दिनसम्म चल्ने छ, जहाँ नेपाल राष्ट्र बैंक, बिमा समिति, नागरिक लगानी कोष, यूवा स्वरोजगार कोष, नेपाल क्लीयरिङ हाउस, गैरसरकारी एवं सरकारी वित्तीय तथा बैंकिङ संघसंस्था, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स तथा रेमिट्यान्स कम्पनीहरुको करिव ४५ स्टलहरु संचालन हुनेछन्।
उक्त मेला नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा हुनलागेको हो I एक्स्पोमा बिमा समिति, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसियसन, नागरिक लगानी कोष, मर्चेन्ट बैंकर्स एसोसियसन तथा अन्य संघसंस्थाहरुको आबद्धता रहेको छ।
बचत गर्ने बानीको विकास गराउने र उधमसिलताका लागि बैंकिङ माध्यम अपनाइ थोरै थोरै पुँजी राष्ट्र निर्माणमा लगाउनका लागि एक्स्पो महत्वपूर्ण हुने आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जानकारी दिए। उनका अनुसार बैंकिङ एक्स्पो भनेको मुख्य रुपमा वित्तीय पहुँच, पैसाको परिचालन, उद्यमशिलताको खोजिका लागि अगाडि सारीएको चेतनामुलक आर्थिक कार्यक्रम हो I
त्यसैगरी आधिकारीक रेमिट्यान्स कम्पनीबाट मात्रै पैसा पठाउने बानीको विकास गराउनुका साथै हुण्डी संचालन अवैधानिक भएको र त्यसबाट पैसा पठाउँदाका हानी नोक्सानीका बारे चेतना अभिवृद्धि गराउने उदेश्य मेलाको रहेको छ Iमेलामा प्रवेशको व्यवस्था निशुल्क गरिएको छ I
प्रमुख समाचार