Trending :
 

शेयरबजार

नेप्सेमा १८ अंकको गिरावट

बैशाख ११,२०७४

-

११,वैशाख,२०७४-

सोमवार शेयरबजार मा गिरावट आएको छ I अघिल्लो दिनको तुलनामा नेप्से करिब १८ अंकले  खस्किएको छ। 

१७ दशमलव ९४ अंकले झरेको नेप्से १६ सय ७५ अंकमा अडेको छ। १ सय ४२ कम्पनीको ९६ करोड ५२ लाख रुपैयाँको कारोबार भयो। जसमा बैंकिङ समूहको ५८ करोड तथा बिमा समूहको ५७ करोडको कारोबार भएको छ। 

  

त्यसैगरी उत्पादनबाहेकका सबै समूहहरु ओर्लिएका छन्। सो समूह पनि झिनो अंक ०. २३ ले बढ्यो। बिमा ८३, बैंकिङ १९, होटल २३, जलविद्युत २२, फाइनान्स ४ र अन्य समूह ८ अंकले झरेका छन्। प्राइम लाइफ इन्स्योरेन्स, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, युनाइटेड इन्स्योरेन्स कारोबारका आधारमा अगाडि रहे। 

 

राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक दुवैतर्फको सेयर मूल्य ९. ९ प्रतिशतले बढेको छ। श्री इन्भेष्टमेन्ट, हाम्रो विकास बैंकको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढ्यो। दिव्यश्वरी हाइड्रोपावर, युनाइटेड फाइनान्स, वमी र सेती माइक्रोफाइनान्स गुमाउनेमा अगाडि रहे।