Trending :
 

कोलकाताको सहज जित : अन्तिम खेलमा हेदराबादलाई हराए प्ले अफ सुनुस्चित

जेठ ०२,२०७५

-

२ जेठ , २०७५

आई पि अल अन्तर्गत हिजो भएको खेलमा कोलकाता नाइट राईडर्सले राजस्थान रोयल्समाथि छ विकेटको सहज जित हात पारेको छ ।

कोलकाताको एडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्यो ।

दोस्रो ओवरको अन्तिम चार बल र तेस्रो ओवरको छ बल गरि १० बलमा राहुल त्रिपाठी र जस बटलरले लगातार बाउन्ड्रि प्रहार गरे । १० बलमा त्रिपाठी र बटलरले ३ छक्का र ७ चौका प्रहार गरेपछि राजस्थानले ३ ओवरको समाप्तिमा ४९ रन बनायो ।

राजस्थान रोयल्सले पहिलो विकेटको रुपमा राहुल त्रिपाठीलाई पाँचौ ओवरमा गुमाउन पुग्यो । तेसपछि राजस्थानलाई कोलकाताले खेलमा फर्किने कुनै मौका दिएन । एक समय निकै राम्रो क्रिकेट खेलेको राजस्थान अन्तत १९ ओवरमा मात्र १४२ रनमा अल आउट हुनपुग्यो ।

राजस्थानका लागि बटलरले सर्वाधिक ३९ रन हान्दा राहुल त्रिपाठीले २७ , संजु सेमसनले १२ तथा अजिंके राहने र  बेन स्टोक्सले समान ११ रन बनाए ।  आठौ ब्याट्समेनका रुपमा क्रिजमा आएका जयदेव उनादकदले २६ रन बनाएर राजस्थानलाई समाल्ने कोसिस गरेका थिए  ।

बलिंग तर्फ कोलकाताका कुल्दिप यादवले ४ , आन्द्रे रसल र प्रसिद्ध कृष्णले २/२ तथा शिवम माभि र सुनिल नाराएनले १/१ विकेट लिए ।

१४३ रनको टार्गेट लिएर जवाफी ब्याटिंगमा उत्रिएको कोलकाताले १८ ओवरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो ।

७ बल खेलेर २१ रन बनाएका सुनिल नाराईनले पहिलो ओवरको ४ बलमा २ छक्का र २ चौका हिर्कौउदै कोलकोतालाई राम्रो सुरवात दिलाएका थिए । कोलकाताका लागि क्रिस लिनले ४५ रन बनाउदा रोबिन उथापा भने ४ रन बनाएर पेवेलियन फर्किए । तेस्तै नितिस राणाले २१ , दिनेश कार्तिकले ४१ तथा आन्द्रे रसलले ११ रन बनाए ।

बलिंग तर्फ राजस्थानका बेन स्टोकसले ३ विकेट लिए ।

जित सँगै कोलकाताको प्ले अफ खेल्ने सम्भावना बलियो बनेको छ । कोलकाताले अब बाकी रहेको खेलमा सन राईजर्स हेदराबादलाई जिते शिर्ष चारमा स्थान सुनुस्चित गर्ने छ ।

राजस्थान रोयल्सले भने प्ले अफ खेल्न अरु टिमको नतिजामा पनि भरपर्नु पर्नेछ ।