जेठ ०३,२०७५
-
३ जेठ , २०७५
फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिको मड्रिडले तेस्रो पटक युरोपा लिग उपाधि जित्यो ।
एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमेनले दुई गोल गरे । अर्को एक गोल भने कप्तान गावीले गरे ।
फ्रान्सको लियोनमा भएको खेलको सुरुवातमा मार्सेल मड्रिडमाथि हाबी देखियो ।
तर खेलको २१ औं मिनेटमा मार्सेलका डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउदै ग्रिजमनले गोल गरे र एथलेटिकोलाई अग्रता दिलाए ।
पहिलो हाफमा थप गोल हुन सकेन ।
तर दोस्रो हाफको चौथो मिनेटमा ग्रिजमेनले फेरी अर्को गोल गर्दै एथलेटिको अग्रता दोब्बर बनाए । गाबीको पासमा पहिलो गोल गरेका ग्रिजमेनले दोस्रो गोलका लागि कोकेको पासको सदुपयोग गरे । ८९ औं मिनेटमा गावीले गोल गर्दै खेल ३-० को गोल अन्तरमा पुर्याए ।
त्यसपछि खेलमा थप गोल हुन सकेन र एथलेटिको मड्रिडले मार्सेललाई ३-० गोल अन्तरले पराजित गर्यो ।
एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार