Trending :
 

पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रति लिटर २ रूपैयाँले बढ्यो

जेठ ०३,२०७५

-

जेठ ३, २०७५ काठमाडौं ।
 
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ ।
 
बुधबार बेलुका बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । आयल निगमका सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेल तीनैमा २/२ रूपैयाँको दरले वृद्धि गरेको हो ।
 
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
 
बढेको नयाँ मूल्यसूचि अनुसार आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा रहेको छ भने डिजेलतर्फ २.२९ रूपैयाँ घाटा रहेको छ ।
 
खाना पकाउने ग्यास र हवाई इन्धनमा भने मूल्यवृद्धि गरिएको छैन ।
 
 
विगत केहि समयदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । 
 
नेपाल आयल निगमले पनि इन्डियन ओएल कर्पोरेसनले बढाएको मूल्यसूचिका आधारमा नयाँ बिक्री मूल्य कायम गरेको हो । 
निगमले पछील्लो समय स्वचालित मूल्य प्रणाली अन्तरगत तेलको भाउ घटाउने तथा बढाउने गर्दै आइरहेको छ ।