Trending :
 

कर्नाटकको मुख्यमन्त्रीमा भाजपाका येदियुरप्पा

जेठ ०३,२०७५

-

जेठ ३, २०७५ काठमाडौं ।
 
भारतको दक्षिणी राज्य कर्नाटकमा भारतीय जनता पार्टीका बिएस येदियुरप्पा मुख्यमन्त्री बनेका छन्  । 
 
बिहीबार ७५ वर्षीय येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका हुन् ।
 
उनले सपथ लिएको १५ दिनभित्र विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनु पर्नेछ ।
 
वैशाख २९ गते विधान सभाका २२४ मध्ये २२२ मा मतदान भएको थियो । सो चुनावमा भाजपाले १०४, कंग्रेसको ७८ र जनता दल (सेक्युलर) ले ३७ सिट जितेका थिए। अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन्।
 
सरकार बनाउन ११२ सिटको आवश्यक पर्छ । भाजपासँग बहुमत नभए पनि ठूलो पार्टीको हैसियतले सरकार बनाएको हो ।
 
कंग्रेस आई र जेडिएसले गए राति सर्वोच्च अदालतमा उजुरी  दिएका थिए ।
 
मध्यरात मै अदालतमा सुनुवाइ भए पनि येदियुरप्पालाई सपथ लिनबाट रोक्न अन्तरिम आदेश जारी नभएका कारण राज्यपालले बिहीबार उनलाई सपथ गराएको हो । एजेन्सी