जेठ ०४,२०७५
-
४ जेठ, काठमाडौं ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।
पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै खड्काले अवार्ड जितेका हुन् । खड्का स्वयंमले भने सन्दिप लामिछानेले जित्ने अपेक्षा गरेको बताए ।
अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन् बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।
यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् । सन्दिप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटका जगत टमाटा उत्कृष्ट प्रशिक्षक बने, तेस्तै टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते ।
करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार