Trending :
 

कसले गर्ला प्लेअफमा स्थान सुरक्षित ?

बेंगलोरको लगातार तेस्रो जित : हैदराबाद १४ रनले पराजित

आज सन्दिप लामिछानेको दिल्लीले चेन्नई सुपरकिंग्सको सामना गर्दै ।

जेठ ०४,२०७५

-

४ जेठ , २०१८

रोयल च्यालेंजर्स बेंगलोरले लगातार तेस्रो जित निकाल्ने क्रममा अंक तलिकाको शिर्ष स्थानमा रहेको सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ ।

बेंगलोरको छिन्नस्वामी स्टाडीयममा टस हारेर पहिले ब्याटिंग गरेको रोयल च्यालेंजर्स बेंगलोरले निर्धारित २० ओवरमा ६ विकेट गुमाउदै २१८ रन बनायो । पार्थिव पटेल र बिराट कोहली चल्न नसकेको उक्त खेल ए.भि डीविलर्स र मोइन अलिले समालेका थिए ।

डीविलर्सले ३९ बलमा ६९ रन हाने भने अलिले ३४ बल खेल्दै ६५ रनको योगदान दिए । तेस्तै कोलिन डी ग्रान्डहमले १७ बलमा ४० रन बनाउदा शरफराज़ खानले ८ बलमा २२ रन बनाए ।

बलिंग तर्फ हैदराबादका राशिद खानले ३ , सिद्धार्थ कौलले २ तथा सन्दिप शर्माले १ विकेट लिए । हैदराबादका बसिल थम्पीले ४ ओवरमा ७० रन दिएर आई.पि.एल इतिहासमा एकै म्याचमा सबै भन्दा धेरै इकोनोमी भएको खेलाडीमा आफ्नो नाम दर्ता गराए ।

२१९ रनको लक्ष्य लिएर जवाफी ब्याटिंगमा उत्रिएको हैदराबादले २० ओवरमा ३ विकेट गुमाउदै मात्र २०४ रन बनाउन सक्यो र खेल १४ रनले बेंगलोरलाई सुम्पियो । हैदराबादलाई खेल जित्न अन्तिम ओवरमा २० रन चाहिएको थियो तर बेंगलोरका बलर मोहमद सिराजले उत्कृस्ट बलिंग गर्दै मात्र ५ रन दिए ।    

हैदराबादका लागि कप्तान केन विल्लियमसन सर्वाधिक ८१, एलेक्स हेल्सले ३७ रन तथा शिखर धवनले १८ बनाए । ३८ बल सामना गरेका मनिष पाण्डे ६२ रनमा अविजित रहे ।

बेंगलोरका लागि उज़बेंदर चहाल , मोहमद सिराज र मोइन अलिले १/१ विकेट लिए ।

कुनै समय प्ले अफ पुग्न कठिन मानिएको बेंगलोर पछिल्ला तीन खेल जित्दै पाँचौ स्थानमा उक्लिएको छ । प्लेअफका बाँकी २ स्थानका लागि पाँच टिमको सम्भावना कायमै छ । दिल्ली यस अघिनै बाहिरी सकेको छ भने हैदराबाद र चेन्नईले प्लेअफमा स्थान पक्का गरि सकेका छन् ।

आज सन्दिप लामिछानेको दिल्लीले चेन्नई सुपरकिंग्सको सामना गर्दै छ ।