Trending :
 

अमेरिकी गुप्तचर निकायको पहिलो महिला निर्देशकमा ह्यास्पेल नियुक्त

जेठ ०४,२०७५

-

 जेठ ४, २०७५ अमेरिका ।
 
अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशकका रूपमा जिना ह्यास्पेल नियुक्त भएकी छन् ।  
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको गुप्तचर निकाय सीआइएको निर्देशकमा ह्यास्पेललाई सिफारिश गरेका थिए । 
 
उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । 
 
यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएकी हुन् ।  
 
उनी सिआइएकै कर्मचारी हुन् । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उनको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ । 
 
उनको अनुसन्धान तहकिकात पद्दति त्यतिधेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो । 
 
उनीभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री छन् । उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए ।  ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उनको नाम बहुमतबाट अनुमोदन भएको थियो ।
 
 उनले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गरेका थिइन् ।
 
 उनले सीआइएमा ३३ वर्ष काम गरेकी छन् । त्यसैगरी उनले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा काम गरेकी थिइन् । 
 
 
 
एजेन्सी