यदुरप्पालाई भोलि विश्वासको मत लिन अदालतको निर्देशन
-
जेठ ४, २०७५ कर्नाटक ।
भारतीय सर्वोच्च अदालतले बिएस यदुरप्पालाई कर्नाटक विधानसभामा शनिवार साँझ ४ बजे विश्वासको मतको परीक्षण गर्न निर्देशन दिएको छ ।
निर्देशनसँगै सर्वोच्च अदालतले पहिला राज्य गर्भनर यदुरप्पालाई बहुमत प्रमाणित गर्नको लागि दिएको १५ दिनको समयलाई उल्टाइदिएको छ ।
अब भोलि साँझ बहुमत बिना दोश्रो पटक मुख्यमन्त्री भएका बीएस येदियुरप्पाको पद रहन्छ कि रहन्न भन्ने निर्णय हुन्छ ।
कर्नाटकमा हाल भाजपासँग १०४, काङ्ग्रेससँग ७८ र जेडीएसंबसपाको ३८ सांसद रहेका छन् । बहुमतको लागि ११२ सभासद आवश्यकता पर्छ ।
राज्य गभर्नरले भाजपालाई सबैभन्दा ठूलो पार्टीको हैसियतमा मुख्यमन्त्रीको पद दिएका थिए ।
यस निर्णयलगतै यदियुरप्पाको शपथ रोक्न माग गर्दै काङ्ग्रेस र जेडीएस बुधबार सर्बोच्च अदालत गएका थिए । तर अदालतले शपथ रोक्न अस्वीकार गरिदियो ।
सर्वोच्च अदालतले यो निर्णय गर्नु अघि यस मामिलामा दुई विकल्प भएको बताएको थियो । एउटा विकल्प राज्य गर्भनरको निर्णयलाई परिक्षण गर्ने र अर्को विश्वासको मत फ्लोरमा लाने ।
सर्वोच्चले दुई मध्य विश्वासको मतको परिक्षण उत्तम विकल्प भएको भन्दै फैसलाको लागि यसलाई सदनमा लान निर्देशन दिएको छ ।
भाजपाको तर्फबाट वकालत गरिरहेका रोहतगीले शनिवार विश्वासको मत गराउनु छिट्टो हुने बताएका थिए । उनले आफूहरुलाई केही समय चाहिएको बताएका
थिए ।
रोहतगीले कम्तिमा पनि सोमबार सम्मको समय मागेका थिए । उनले यो समय बाहिर रहेका विधायकहरुलाई सदन आइपुग्न र स्वतन्त्र रुपमा भोट हाल्ने वातावरण निर्माणको लागि आवश्यक रहेको बताएका थिए ।
तर, सर्वोच्च अदालतले भने शनिबार नै विश्वासको मतको परिक्षण गराउन निर्देशन दिएको छ ।
कर्नाटक राज्यमा कुल २२४ सिट रहेको छ । बहुमतको लागि ११३ भोट आवश्यक पर्छ । तर २ सिटमा मतदान नभएकोले अहिले ११२ सिटमा बहुमत पुग्छ ।
२२२ सिटमध्य भाजपाको पक्षमा १०४ सिट रहेको छ । बहुमतको लागि उसलाई आठ सिट आवश्यक छ । काङ्ग्रेसको कर्नाटक विधानसभामा ७८ सिट छ भने तेस्रो ठूलो दल जेडीएसको ३८ सिट रहेको छ । यस अतिरिक्त अन्य २ जनामात्र अन्य पार्टीका रहेका छन् ।
यदी काङ्ग्रेस र जेडीएसका १४ सांसदहरुमा मात्र भोटिङ्गमा विधानसभामा अनुपस्थित भए भने भाजपाले विश्वासको मत जित्नेछ ।
यसबीच सांसद किनबेचको चर्चा चलिरहेको छ । एजेन्सी