जेठ ०७,२०७५
-
७ जेठ , २०७५
एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् ।
आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली डियरडेभिल्सका तर्फबाट उत्कृस्ट प्रदर्शन गर्दै उनले ३ विकेट लिएका हुन् । आइतबार भएको खेलको पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप २ विकेट लिएका थिए ।
मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याटस्म्यान सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीप सूर्यकुमार यादवको विकेट लिन सफल भए ।
नवौं ओभरको पहिलो बलमा नै उनले काइरन पोलार्डको विकेट लिएका थिए । त्यसपछि क्रिजमा आएका कुणाल पाण्ड्यालाई उनले तेही ओभरको चौथो बलमा आउट गरेका थिए। सन्दीपले तीनै विकेट क्याच आउटमार्फत लिएका हुन् ।
उनले चार ओवर बलिंग गर्दा ३६ रन खर्चिएर ३ विकेट लिने क्रममा १० बल डट फालेका थिए ।
आईपीएलमा तीन खेल खेलेका सन्दीपले ७२ बल बलिंग गर्दा ८२ रन खर्चीएर ५ विकेट लिए । उनले गरेका ७२ बल मध्ये ३० बल डट थिए । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
जवाफी ब्याटिंगमा आएको मुम्बई इन्डियनस् ३ बल बाकी छदा १६३ रनमा अल आउट हुन पुग्यो र खेल ११ रनले दिल्लीलाई सुम्पियो ।
दिल्लीसंग हारेपछि मुम्बईको प्ले अफ खेल्ने सपना पुरा हुन सकेन। अंक तालिकाको शिर्ष ४ मा रहने टिमले प्ले अफ खेल्न पाउछन् । मुम्बईले भने यो सिजन १२ अंकका साथ पाँचौ स्थानमा चित्त बुझाउनु पर्यो मुम्बई ।
प्रमुख समाचार
सम्वन्धित समाचार