जेठ ०७,२०७५
-
७ जेठ , २०७५
आई.पि.एल अक्सनका बेला केहि येस्ता खेलाडीहरु थिए जसबाट टिमले धेरै अपेक्षा राखेको थियो । तेसैले उनिहरुलाई निकै पैसा खर्च गरेर टिमले अनुवन्ध समेत गर्यो । तर केहि खेलाडी , बिशेष गरि ब्याट्समेनहरुले टिमको त्यो अपेक्षा पुरा गर्न सकेनन् ।
अब कुरा गरौ आई.पि.एल २०१८ का पाँच असफल ब्याट्समेनहरुको बारेमा ।
आई.पि.एल २०१८ मा असफल खेलाडीको सूचिको पहिलो स्थानमा आउने नाम हो गौतम गम्बिर । कोलकाता नाइट राइडर्सका नियमित कप्तान गौतम गम्बिर पुरानो टिम दिल्लीमा फर्किएसँगै समर्थक र टिममा निकै उत्साह र आशा छाएको थियो । तेसैले दिल्लीले गम्बिर माथि भरोसा गर्दै टिमको कप्तान पनि बनायो ।
तर आई.पि.एल इतिहासमा सर्बाधिक रन बनाउने सुचीमा चौथो स्थानमा रहेका गौतम गम्बिर यो सिजन चल्न सकेनन् ।
भारु २ करोड ८० लाखमा दिल्ली आएका गौतम गम्बिरले ६ खेलमा मात्र ८५ रन बनाए । उनले खेलेका ६ खेल मध्ये दिल्लीले ५ खेल हार्यो । गम्बिरले पहिलो खेलमा अर्ध सतक प्रहार गरे पनि त्यसपछिका खेलमा उनले राम्रो गर्न सकेनन् ।
उनको फर्म लगातार बिग्रदै गयो र अन्तत उनले कप्तान बाट आफ्नो नाम नै फिर्ता लिए ।
गम्बिरले पन्जाब विरुद्ध क्रमश ५५ र ४ , मुम्बई विरुद्ध १५ , कोलकाता विरुद्ध ८ तथा बेंगलोर विरुद्ध ३ रन बनाए । उनले राजस्थान विरुद्ध भने ब्याटिंग गरेनन् ।
त्यसपछि दिल्लीले श्रेयस आइयरको कप्तानीमा बाँकी ८ खेल खेल्यो जसमा दिल्लीले ४ खेलमा जित हात पार्यो । तर बाँकी आठ खेलमा गम्बिर बेन्चमा नै बसिरहे ।
१४ खेलबाट १० अंक मात्र जोड्न सफल दिल्ली डेयरडेविल्स अंक तालिकाको पुछारमा रहदै टुर्नामेन्टबाट बाहिरियो ।
यो सिजन गौतम गम्बिरको स्ट्राइक रेट दोहोरो अंकमै सिमित रहनुले पनि उनलाई थप निराशा बनाएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार