अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १२,२०७४
-
११,वैशाख,२०७४,टोकियो- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना मिट शक्तिहरुसंग वार्ता गरिरहेका छन् I ट्रम्पले उत्तर कोरियाको आक्रामक गतिविधिपछि आफ्ना मित्र शक्तिहरूसँगको वार्तालाई तीव्रता दिएका हुन्। उत्तर कोरियाबाट ट्रंपले अमेरिकी हित र उसका मित्रशक्तिलाई सुरक्षा प्रदान गर्नु आफ्नो नीति भएको स्पष्ट पार्दै आएका छन् । उत्तर कोरियाको पारमाणविक सक्रियता बढेको भन्दै सोमबार जापानी प्रधमनमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनले फोनवार्ता पनि गरेका छन् । जापान अमेरिकाको मित्रशक्ति हो भने चीन उत्तर कोरियाको विश्वासिलो मित्र हो । चीनको सहयोग नभई उत्तर कोरियालाई कारबाही गर्न असहज हुने भएकाले अमेरिकाले चीनसँग आफूलाई सहयोग गर्न आग्रह गर्दै आएको छ । त्यस्तै उत्तर कोरियाले केही दिनमै अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने तयार भइरहेको अमेरिकाले बताएको छ । प्योङयाङले उठाउने कदम भीषण हुनसक्ने भन्दै सोलले चिन्ता प्रकट गरेको छ । उत्तर कोरियाले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्न कुनै विशेष दिनलाई छान्ने गरेको हुनाले त्यसैको तयारी भएको सोलको दाबी छ । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार सम्भवतः प्योङयाङले छैटौं परमाणु परीक्षण मंगलवार गर्ने सूचना मिलेको बताएका छन् । यसका साथै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियामा सैन्य आक्रमण गर्ने चेतावनीको उत्तरले कस्तो प्रतिक्रिया दिनेछ, त्यो पनि स्पष्ट हुने सोलको कथन छ । ट्रम्पले उत्तरमा सैन्य आक्रमण गर्ने वा नेता किम जोङ उनलाई सत्ताच्युत गर्ने जस्ता धारणा सार्वजनिक गर्दै आएका छन् । अमेरिकी स्याटेलाइटबाट लिइएका तस्बिरमा उत्तर कोरियाका परमाणु परीक्षण स्थलमा सैनिक चहलपहल बढेको अमेरिकको दाबी छ । उत्तर कोरियाले एक दुई दिनमै अर्काे परीक्षण गर्नसक्ने अनुमान विश्वव्यापी रूपमा गरिएको छI त्यस विषयमा पनि उनीहरूबीच कुराकानी भएको पनि ह्वाइटहासले बताएको छ । यदि फेरि पनि यस्तो आणविक परीक्षण गरिएमा यसको जवाफ सैनिक कारबाहीबाट दिने चेतावानी अमेरिकी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् । आफूमाथि सैनिक कारबाही गरिए यसका विरुद्धमा आफूले आणविक आक्रमण गरेरै त्यसको जवाफ दिने उत्तर कोरियाले पनि बताउँदै आएको छ । अमेरिकी राष्ट्रपतिले विगतका केही समयदेखि नै उत्तर कोरियाका सामु आणविक परीक्षणसहित सबै प्रकारका विकल्प राखिएको जानकारी दिँदै आएका छन् । अमेरिकी भनाइको उत्तर कोरियाली नेताले कडा जवाफ दिँदै आएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार