पर्यटन प्रवर्द्धन
बैशाख १२,२०७४
-
१२,वैशाख,फिदिम :
फिदिम बजारमा सुविधासम्पन्न होटेल संचालनमा आएको छ I पर्यटकीय नगरी भनेर चिनिने फिदिम बजारमा पर्यटन प्रवर्द्धनको लागि उक्त होटेल संचालनमा ल्याइएको हो I मनस्वी नाम राखिएको होटेल ६ करोडको लागानीमा निर्माण भएको हो I
फिदिम बजारमा पर्यटकलाई लक्षित् गरि संचालनमा ल्याइएको उक्त होटेल ६ तलाको छ भने जम्मा १६ ओटा कोठा छन् I२५ जनासम्म अट्ने एक बैठक कोठा र एक सय क्षमताको एउटा सभाहल छ । होटेलमा दुई ओटा डिलक्स रुम, ६ ओटा सुपरियर रुम र आठ ओटा स्ट्यान्डर्ड रुम छन् । कोठाको भाडा न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम तीन हजार रुपैयाँसम्म कायम गरिएको होटेलका प्रोप्राइटर दीपक नेपालले जानकारी दिनुभयो I
त्यस्तै एक वर्षमा १० महिना सञ्चालन गर्ने लक्ष्य राखिएको उक्त होटेलमा अहिले १३ जनाले रोजगारी पाएका छन् । होटेलमा पार्किङको व्यवस्था हुनुका साथै २४ सै घन्टा तातो–चिसो पानीको व्यवस्था र इन्टरनेटको सुविधा उपलब्ध गराइने बताइएको छ ।
प्रमुख समाचार