Trending :
 

चीनले ग¥यो सवारी साधन आयात शुल्कमा भारी कटौती

जेठ ०९,२०७५

-

काठमाडौं, जेठ ९ एजेन्सी ।
 
चीनले आगामी जुन १ देखि लागु हुनेगरी सवारी साधन र पाटपूर्जा आयात गर्दा लाग्ने करमा भारी कटौती गरेको छ ।
 
चीनियाँ अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यात्रुबाहक कार र केही ट्रकमा लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क र २० प्रतिशत आयात कर घटाएर १५ प्रतिशत बनाउने निर्णय गरिएको जनाएको छ । यो कटौती क्रमशः ४० र २५ प्रतिशत हो ।
 
७९ किसिमका मोटर पाटपूर्जामा लाग्दै आएको ८ देखि २५ प्रतिशतसम्मको भन्सार शुल्क पनि ६ प्रतिशतमा झार्ने मन्त्रालयको निर्णय छ । यो औसतमा ४६ प्रतिशत कटौती हो ।
 
‘चीन बहुपक्षीय व्यापार प्रणालीको बचाउ गर्छ । सवारी साधनमा आयात शुल्क घटाउनु  सुधार र खुलापनतर्फको  प्रमुख कदम हो,’ चिनियाँ अर्थ मन्त्रालयले भनेको छ ।
 
यो कटौतीसँगै अब चीनमा सवारी साधनमा औसतमा १३.८ प्रतिशत र मोटर पार्टपूर्जामा ६ प्रतिशत आयत शुल्क लाग्ने भएको छ ।
 
चीनले सवारी साधनमा १७८ र मोटरमा पाटपूर्जामा ९७ किसिमका शुल्क लगाउँदै आएको छ ।
 
अर्थ मन्त्रालयले भविष्यमा सवारी आयात शुल्क घटाउने कुरालाई निरन्तरता दिने कि नदिने भन्ने सवारी उद्योग प्रतिष्पर्धात्मक क्षमता र विकासमा भर पर्ने बताएको छ ।
 
दुई देशका अधिकारीबीच चीन र अमेरिकाको व्यापार सन्तुलन गर्न चीनले अमेरिकी सामान र सेवाको खरिद बढाउने सहमति भएको केही दिनमै चीनले सवारी साधन आयात गर्दा लाग्ने शुल्क घटाएको
हो ।
 
अघिल्लो वर्ष चीनले २ करोड ९० लाख सवारी साधन बनाएको थियो भने तीमध्ये २ करोड ८८ लाख बेचेको थियो । सोही अवधिमा उसले १२ लाख सवारी साधन आयात गरेको थियो ।