Trending :
 

प्रधानमन्त्री केपी ओलीको सम्पत्तिः बैंकमा ४२ लाख नगद

जेठ ०९,२०७५

-

 जेठ ९, २०७५ काठमाडौं ।
 
 प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
 प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ओलीको नाममा बैंक खातामा ४२ लाख नगद मात्रै देखाइएको छ ।  
घरजग्गा  तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ । 
 
सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्यविनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको  अर्को घर पनि रहेको छ । 
 
 
यसैगरी राधिका शाक्यकै नामा  झापाको पृथ्वीनगरमा  स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।  यस्तै स्वआर्जनमा १७–१८ तोला  सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा  ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।  ओलीको नाममा बैंकमा रहेको नगद तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 
 
यस्तै राधिका शाक्यकै नाममा  २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका  नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ ।