प्रचण्डकी बुहारी बीना मगरको सम्पत्ति ५ तोला सुन र १६ तोला चाँदी पैतृक
-
जेठ ९, २०७५ काठमाडौं ।
खानेपानी मन्त्री बीना मगरको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी मगरले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको छ । यस्तै सीता दाहालको नाममा भारतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ ।
यस्तै ५ तोला सुन र १६ तोला चाँदी पैतृक सम्पत्ति रहेको उल्लेख गरिएको छ ।
यसबाहेक बैंक खाता रहेपनि कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको छ भने कुनै बैंक तथा वित्तीय संस्थामा शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।