Trending :
 

अन्तर्राष्ट्रिय प्रसंग

खराब पेरेन्टिङको खराब नतिजा

बैशाख १२,२०७४

-

१२,वैशाख,एजेन्सी -

कुनैपनि बच्चाको भबिष्य उसको परिवारको हातमा हुनेगर्छI परिवारका सदस्यहरुको ब्यबहारनै बच्चाले सिक्ने हुँदा सही पेरेन्टिङको अति आवश्यक छI

संसारभरका विशेषज्ञ यो कुरामा सहमत छन् कि पेरेन्टिङको तरिका बच्चाको पूरा जिन्दगीमा असर पुर्याउने गर्दछ । बेलायतको डिपार्टमेन्ट अफ एजुकेशनद्वारा सन् २००७ मा गरिएको एक अनुसन्धानले खराब पेरेन्टिङको  प्रत्क्षय र अप्रत्यक्ष रुपमा बच्चामा असामाजिक व्यवहारको जन्म दिने गर्दछ । यसका कारण बच्चाहरु झगडालु,घमण्डी र झुटो हुने गर्दछन् ।

त्यसैगरी उनीहरुमा चोरीको बानी पनि जन्मिएको हुन्छ । यदि अभिभावकले नराम्रो व्यवहार गर्छन् भने बच्चाले नराम्रो ब्यबहार सिक्ने  आशंका दोब्बर वृद्धि हुन्छ । यतिमात्र होइन, यसले बच्चाको सामाजिक आर्थिक स्थितीमा पनि नकारात्मक असर पुर्याउने गर्दछ ।

बच्चालाई ध्यान नदिनु, उनीहरुसँग अचम्मको व्यवहार गर्नु वा उनीहरुको सुरक्षाको ख्याल नगर्नुलाई नराम्रो पेरेन्टिङ भनिन्छ । बैज्ञानिकका अनुसार नवजात शिशुले निकै चाँडै अभिभावकले आफ्नो उपेक्षा गरिरहेका छन् भन्ने बुझछन I