Trending :
 

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि

क्रिस्टियानो रोनाल्डो बने सबै भन्दा धेरै पटक च्याम्पियन्स लिग उपाधि जित्ने खेलाडी ।

जेठ १३,२०७५

-

१३ जेठ , २०७५

च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई ३-१ ले हराउदै रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।

ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीका कारण रियल म्याड्रिड लिभरपुलमाथि ३-१ को नतिजा निकालन् सफल भयो ।

युक्रेनको किभमा भएको खेलको ३० औ मिनेटमा लिभरपुलका गोल मेसिन मोहमद शलाह घाइते हुँदै मैदान छाड्न बाध्य भए । तेस्को केहि बेरमै म्याड्रिडका डिफेन्डर डेन कर्भाहालले पनि घाइते हुँदै मैदान छाडे ।

र यसै बीच खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए ।

तर तेस्को चार मिनेटमै लिभरपुलका साडियो मानेले कर्नर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६१ औ मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले लगतै बाईसाइकल गोल गरे । उनको यो गोल च्याम्पियन्स लिग फाइनल मध्येकै उत्कृस्ट थियो ।

खेलको ८३ औ मिनेटमा ग्यारेथ बेलले नै प्रहार गरेको लंगरेन्ज सटलाई लिभरपुलका गोलकिपर ह्युगो लोरिसले ब्लक गर्ने क्रममा गोल खान पुगे ।

खेलको बाँकी समय कुनै गोल हुन सकेन र लिभरपुलले च्याम्पियन्स लिग फाइनल २०१७/१८ को उपाधि रियल म्याड्रिडलाई सुम्पियो ।

जित सँगै रियल म्याड्रिड १९९२ पछि लगातार तेस्रो पटक उपाधि जित्ने पहिलो टिम बनेको छ ।