Trending :
 

आर्थिक प्रसङ्ग

नेपाल टेलिकमको विभिन्न सेवा अब एउटै सिस्टमबाट

बैशाख १२,२०७४

-

१२,वैशाख २०७४–

नेपाल टेलिकमले एउटै सिष्टम प्रयोग गरी विभिन्न सेवा प्रदान गर्नेभएको छ I जसमा सिडिएमए, जिएसएम, वाईम्याक्स, एडीएसएल सेवा आदि  संचालनमा रहनेछन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी  ग्राहकको सेवालाई समेत ध्यानमा राखेर एउटै सिष्टमबाट सबै सेवा संचालनमा ल्याउने व्यवस्था गरिएको जानकारी दिइएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार  ग्राहकहरुलाई सहज र सरल हुने गरी सबै सेवाहरुका लागि एकै सिष्टमबाट संचालन गर्न थालिएको हो I

 त्यसैगरी टेलिकमले अप्टिकल ग्राउन्ड वायर ११ वटा जिल्लामा थप गर्ने कार्य योजना पनि अघि सारेको छ भने दुर्गम भेगमा पनि भिडियो सेवाको समेत विस्तार गर्न वायरको थप सेवा विस्तार गर्न लागिएको होI

यसका साथै  भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा पनि भ्वाईस, डाटा तथा भिडियो सेवा उपलब्ध हुने भएकोछ । टेलिकमले आफ्नो वेबसाईड डब्ल डब्लू डब्लू डट एनटिसी डट नेट डट एनपीलाई समेत समय सापेक्ष परिवर्तन गर्दै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।