६ वर्षे छोरोले मोःमो माग्दा बुवाले नहरमा फ्याँकिदिए
-
जेठ १४, २०७५ आगरा ।
६ वर्षे बालक अयानले मोःमो खान मन लागेर आफ्ना बाबुसँग माग्दा बाबु संजयले छोरोलाई नहरमाा फालिदिएका छन् ।
अयानका बुवा संजयले रक्सीको मातमा छोरालाई नहरमा फ्याँकेको बताइन्छ । स्थानीयले बच्चालाई आगराको नहरमा फ्याँकेको देखेपछि उनलाई पुलिसको जिम्मा लगाएको बताइएको छ ।
घटना शनिबार राती नयाँ दिल्लीमा भएको थियो ।
गोताखोर र दमककर्मीले शनिबार अबेर रातीसम्म बच्चालाई खोज्ने अभियान चलाए तर उनीबारे पत्ता लाग्न सकेन ।
आइबारमात्र बालकको शव भेटियो । पुलिसका अनुसार संजयविरुद्ध हत्याको मुद्दा चलाइएको छ ।
पुलिसका अनुसार इ–रिक्सा चलाउने संजयका तीन सन्तान छन् । कान्छा छोरा आयान बारम्बार मोमो मागिरहेका थिए ।
उनलाई रिस उठ्यो र बच्चालाई नहरमा फ्याँकिदिए । पुलिसका अनुसार संजयको विवाह सन् २००४ मा भएको थियो तर उनका खराब बानीका कारण उनलाई श्रीमतीले सन् २०१३–१३ मा छोडिन् । उनका तीन सन्तान हजुरआमा र बुवासँगै बसिरहेका छन् । एजेन्सी