Trending :
 

बजेटमाथि छलफल गर्न काँग्रेसको बैठक आव्हान

जेठ १६,२०७५

-

 जेठ १६, २०७५ काठमाडौं ।  
 
 
सरकारले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनउन कांग्रेसले संसदीय दलको बैठक आव्हान गरेको छ । 
 
बैठक बुधबार बिहान ११ बजे नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा  बस्दैछ ।
 
बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको हो । 
 
सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजस्वमुखी बजेट संसदमा प्रस्तुत गरेको थियो । 
 
बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् । बजेटबारे कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ ।