कुनकुन महानगरले पायो कतिकति बजेट ?
-
जेठ १६, २०७५ काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७५/०७६ को बजेट पेस गरेका छन् । बजेटमा विभिन्न महानगरपालिकाका लागि अलगअलग रकम छुट्याइएको छ ।
६ महानगरपालिका मध्ये सबैभन्दा धेरै बजेट पोखरा लेखनाथले पाएको छ भने सबैभन्दा थोरै बजेट विराटनगरले पाएको छ ।
पोखरापछि धेरै बजेट पाउने महानगरपालिका काठमाडौं हो । आर्थिक वर्ष २०७५/७६ मा काठमाडौं महानगरपालिकालाई १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । वित्तीय समानीकरणतर्फ ६७ करोड ७२ लाख र सशर्त अनुदानतर्फ १ अर्ब १० करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका धेरै बजेट पाउनेमा महागरपालिकाको तेस्रो स्थानमा छ । भरतपुरले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बजेट पाएको छ । वित्तिय समानीकरणतर्फ ४६ करोड ३५ लाख र सशर्त अनुदानतर्फ ७७ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाको लागि ९८ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ । वित्तिय समानीकरणतर्फ ४३ करोड १७ लाख र सशर्त अनुदानतर्फ ५४ करोड ९४ लाख रुपैयाँ छुट्याइएको छ ।
ललितपुर महानगरपालिकालाई ८९ करोड ७८ लाख र विराटनगरलाई ७८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
ललितपुरले वित्तिय समानीकरणतर्फ ४७ करोड ६२ लाख र सशर्त अनुदानतर्फ ४२ करोड १६ लाख रुपैयाँ तथा विराटनगर महानगरपालिकाले वित्तिय समानीकरणतर्फ ३४ करोड २४ लाख र सशर्त अनुदानतर्फ ४३ करोड ९६ लाख रुपैयाँ बजेट पाएका छन् ।