Trending :
 

अन्तर्राष्ट्रिय टि ट्वान्टीमा सन्दिपको डेब्यू, वर्ल्ड-११ पराजित

ब्याटिंग गर्ने मौका पाएका सन्दिप लामिछाने ४ रनमा नट आउट ।

जेठ १८,२०७५

-

१८ जेठ , २०१८

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले वेस्ट इन्डिज विरुद्ध वर्ल्ड-११ बाट खेल्दै अन्तर्राष्ट्रिय टि ट्वान्टीमा डेब्यू गरेका छन् । लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा १ ओवर बल गर्ने मौका पाएका सन्दिपले १३ औं ओभरमा बलिङ गर्दै १२ रन खर्चिए ।

सन्दिपले १ ओवर बलिंग गर्दा १ छक्का र एक डटसहित १२ रन दिए । सन्दिपको पहिलो बलमा दिनेश रामदिनले एक रन जोडेका थिए भने दोस्रोमा मार्लिन सामुयल्सले र तेस्रो बलमा रामदिनले १-१ रन जोडे । सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे । यस्तै पाँचौं बलमा ३ रन लिएका उनले अन्तिम बलमा कुनै रन लिन सकेनन् ।

लेगस्पिनरले भरिएको विश्व-११ को टोलीमा त्यसपछि सन्दीपले मौका पाएनन् ।

वर्ल्ड-११ का तर्फ बाट कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चिदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चिएर २ विकेट लिए । तेस्तै अर्को १ विकेट शोएब मलिकको नाममा रयो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो । वेष्ट इन्डिजका लागि ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडे । 

जवाफी ब्याटिंगमा आएको वर्ल्ड-११ १६.४ ओवरमा १२७ रनमा अल आउट हुन पुग्यो र खेल ७२ रनले वेष्ट इन्डिजले जित्यो ।

वर्ल्ड-११ का थिसरा परेराले ३७ बलमा सर्बाधिक ६१ रन बनाउदा सोएब मलिकले १२ , शहिद अफ्रिदीले ११ , मिचेल मिचिलिगेनले १० तथा रासिद खानले १० रन बनाए । ब्याटिंग गर्ने मौका पाएका सन्दिप लामिछाने भने ४ रनमा नट आउट रहे ।

आइसिसिले यो प्रतियोगितालाई ट्वान्टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएको छ ।