रसियामा विश्वकप फुटबलका लागि १२ रंगशाला तयार
-
जेठ १८, २०७५ काठमाडौं ।
यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबलको लागि रुसले १२ वटा रंगशाला तयार पारेको छ ।
पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको विश्वकप फुटबलको लागि रुसले ११ सहरमा १२ रंगशाला तयार पारेको हो ।
राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकपको उद्घाटन र समापन खेल गर्ने तयारी छ । यो विश्वकै महंगो रंगशालामा पर्छ ।
८० हजार दर्शक क्षमताको यो रंगशाला सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला पनि हो ।
यो रंगशाला तयारीको लागि रसिया सरकारले चार सय मिलियन डलर अर्थात् ४२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ । रुसी राष्ट्रिय टिमले प्राय यही रंगशाला प्रयोग गर्दै आएका छन् ।
त्यसैगरी काजान एरिना, इकाटेरिनबर्ग एरिना, फिस्ट ओलम्पिक, कालिनीगार्ड, स्पार्टक, समरा एरिना, रोस्टोभ एरिना, मोर्डिभिया एरिना, निम्जी नोभ्गोरोड, सेन्ट पिटर्सवर्ग र भोल्गोग्राड एरिना रंगशालामा विश्वकपका खेलहरु हुनेछन् ।
प्रत्येक रंगशालामा कम्तिमा पनि ४ वटा खेल हुने गरी तालिका मिलाइएको छ । जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबलमा विश्वका ३२ राष्ट्रले भाग लिँदैछन् ।