Trending :
 

फेरि बढ्यो ईन्धनको भाउ

अब पेट्रोल प्रति लिटर ११३ रुपैयाँ ।

जेठ २०,२०७५

-

२० जेठ , २०७५

अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । 

ईन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मटीतेल र हवाई ईन्धनको मुल्य बढाएको हो । 

निगमले एक महिना अवधिमा समायोजन भन्दै दुईपटक मुल्य बढाएको छ । 

पेट्रोल, डिजेल, मटीतेलमा प्रतिलिटर तीन  तीन रुपैयाँ तथा हवाई ईन्धन आन्तरिकतर्फ प्रतिलिटरमा पाँच रुपैयाँ र अन्तर्राष्टियतर्फ प्रतिकेएलमा ७५ डलर मुल्य बढाईएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।