Trending :
 

अर्थमन्त्रीद्वारा बजेटमाथि उठेका प्रश्नको जवाफ दिइने

जेठ २०,२०७५

-

 जेठ २०, २०७५ काठमाडौं ।
 
 
गत जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७५–७६ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ  आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले दिने भएका छन् ।
 
सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–७६ को १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि छलफल शुरु भएको थियो ।
 
उक्त छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्न उठाएका छन् । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले यसप्रति असन्तुष्टि जनाएका छन् । 
 
बजेटबारे आइतबार केही सांसदहरुले बोलेपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
 
 
 
अर्थमन्त्रीले उठेका प्रश्नमाथि जवाफ दिएपछि मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल हुने जानकारी दिइएको छ ।