Trending :
 

अ‍ेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग

जेठ २०,२०७५

-

 
जेठ २०, २०७५ काठमाडौं ।
 
नेपाली कांग्रेसले लगातार रूपमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
 
सांसद् अतहर कमाल मुसलमानले आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर  मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । 
 
मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको भन्दै उनले आपत्ति जनाएका छन् ।
 
नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेको थियो । 
 
वृद्धि भएको मूल्यको आधारमा अहिले पेट्रोलको मूल्य ११३ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।
 
 छलफलमा उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।