Trending :
 

अफगानिस्तान ४५ रनले बिजयी : राशिदको ५० विकेट पुरा

राशिद अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने दोस्रो बलर ।

जेठ २१,२०७५

-

२१ जेठ , २०७५

राशिद खानले उत्कृस्ट बलिंग प्रदशन गर्दै ३ विकेट लिएपछि अफगानिस्तानले बंगलादेशलाई टि-ट्वान्टी सिरिजको पहिलो खेलमा ४५ रनले पराजित गरेको छ ।

देहरादूनको राजिवगान्धी अन्तरास्ट्रिय क्रिकेट स्टाडियममा गए राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनायो ।

अफगानिस्तानका लागि मोहम्मद शेहजादले सर्वाधिक ४० रन बनाए भने समीउलाह शेनवारीले १८ बलमा ३६ रन बनाए । उनले ३ छक्का र ३ चौका प्रहार गरे ।तेस्तै उश्मन घानीले २६ , अस्घर स्टानिक्जाईले २५ तथा शफीकुल्ला सफिकले २४ रन बनाए ।

बलिंग तर्फ बंगलादेशका अबुल हसानल र महमुदुल्लाहले समान २-२ विकेट लिए । सकिब अल हसन, रूवेल हसन र अबु जायदको नाममा १-१ विकेट रह्यो ।

१६८ रनको लक्ष्य लिएर जवाफी ब्याटिंगमा उत्रिएको बंगलादेश १९ ओभरमा मात्र १२२ रन बनाउदा अलआउट भयो । बंगलादेशका लागि लितोन दासले सर्वाधिक ३० रन जोडे । तेस्तै   महमुदुल्लाहले २९, मुसफिर रहिमले २० तथा शकिब अल हसनले १५ रन मात्र बनाउन सके ।

बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा अफगानिस्तानका राशिद खान र सपुर जर्दानले समान ३-३ विकेट लिए । तेस्तै मोहम्मद नाबीले २ तथा मुजिब उर रहमान र करिब जनतले १-१ विकेट लिए ।

राशिदको ५० विकेट पुरा

१९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन् ।

राशिदले ३१ टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरेका हुन् । यो सँगै उनले दक्षिण अफ्रीकी स्पिनर इमरान ताहिरसँग बराबरी गरेका छन् ।

अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीमा श्रीलंकाका मिस्ट्री स्पिनर अजन्था मेन्डिस छन् । उनले २६ खेलबाट यो रेकर्ड बनाएका हुन् । तर उनलाई यो रेकर्ड बनाउन ३ वर्ष ३६० दिनको समय लागेको थियो । यता  राशिदले २ वर्ष २२० दिनमै यो रेकर्ड बनाएका हुन् ।