Trending :
 

उत्तर कोरियाका रक्षामन्त्री हटाइए

जेठ २१,२०७५

-

 जेठ २१, २०७५  एजेन्सी ।
 
 
उत्तर कोरियाली नेता किम जोङ उनले  देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारी हटाएका छन् । यसका रक्षामन्त्री पनि सामेल छन् । 
 
पदबाट हटाइनेमा रक्षामन्त्री पाक यङ सिक, चिफ अफ जनरल स्टाफ र सेनाको राजनीतिक ब्यूरोका प्रमुख रहेका छन् । 
 
उनीहरुलाई हालैका महिनामा पदबाट हटाएको समाचार संस्था रोयटर्सले बताएको छ । हटाइएका सैन्य अधिकारीहरूको स्थानमा मध्यमार्गी अधिकारीलाई ल्याइएको समाचारमा छ । 
 
अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको तयारी भैरहदा उत्तर कोरियाली नेता किमले सैन्य अधिकारीमाथि कारवाही गर्नु अर्थपूर्ण मानिएको छ । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पसँग निश्शस्त्रीकरणबारेको वार्तामा प्रवेश गर्न लागेका किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने डर रहेको मानिएको छ । 
 
ट्रम्प र किमवीच शिखर बैठक सिंगापुरमा जुन १२ तारिखमै हुँदैछ । एजेन्सी