Trending :
 

मूल्य बृद्धि फिर्ता नगरे सडक संघर्षमा उत्रिने मोर्चाको चेतावनी

जेठ २१,२०७५

-

 जेठ २१, २०७५ काठमाडौं ।
 
देशभक्त जनगणतान्त्रिक मोर्चाले मूल्य बृद्धि फिर्ता  नगरिए  सडक संघर्षमा उत्रने    चेतावनी दिएको छ । 
 
मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग मोर्चाले माग गरेको छ । 
 
मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै  सो माग गरेका हुन् । 
 
विज्ञप्तिमा “समृद्ध नेपाल र सुखी नेपाली”को नारा उराल्दै आएको के. पी. शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाँचौं पटक मूल्य बृद्धि गरेको कुरा उल्लेख गरिएको छ । 
 
यसमा मूल्य वृद्धिको असरले चौतर्फी रुपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ । यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको मूल्य पूर्ववत् अवस्थामा ल्याउनुको साथै उपभोग्य बस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त  कदम चालोस् भन्ने माग गरिएको छ ।