Trending :
 

दलित भएकैले काठमाडौंमै डेरा नपाएको सांसदको गुनासो !

जेठ २२,२०७५

-

२२ जेठ , २०७५

संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन । 

सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ, उनले भनिन् । हामीले डेरा खोजेको एक महिना पुरा भयो दिलत भएकै कारण पाउन सकेका छैनौँ ।