Trending :
 

चन्दा बटुलेर एम्बुलेन्स खरीद

जेठ २२,२०७५

-

 जेठ २२, २०७५ चौतारा ।
 
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । 
 
सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो । 
 
साविक ठूलो सिरुबारी गाविस हँुदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट रु ५०० का दरले उठेको रु छ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित रु सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान रु दुई लाख र वडाबाट रु एक लाख गरी कूल रु १६ लाख संकलन भएकामारु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ । बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । 
 
सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताए । रासस