Trending :
 

सायना बन्दै श्रद्धा कपुर

बैशाख १४,२०७४

-

मुम्बई –

‘हाफ गर्लफ्रेन्ड’मा बास्केटबलको खुबी देखाउदै श्रद्धा कपुर अब ब्याडमिन्टन खेलाडिको रुपमा पनि देखिने भएकी छिन् । भारतकी प्रसिद्ध खेलाडि सायना नेह्वालको जीवनमा आधारित फिल्ममा उनि सायनाको भुमिकामा देखिन् लागेकी हुन् ।

भारतमा अहिले ख्याति प्राप्त व्यक्तित्व र खेलाडिहरुको जीवनमा आधारित फिल्म बनाउने लहर नै चलेको छ भन्दा फरक नपर्ला ।

मिल्खा सिंहको रुपमा फहरान अखतर, मेरी कोमकी रुपमा प्रियंका चोपरा, महेन्द्र सिंह धोनीका रुपमा सुशान्त सिंह राजपुत लगायतका कलाकारहरुलाई हामीले पर्दामा देखिसकेका छौ । सचिन तेन्दुलकरको जीवनमा आधारित फिल्म ‘सचिन-अ विलियन ड्रीम्स’ पनि मे २६ देखिन् रिलिज हुने तरखरमा छ ।

यस्तैमा प्रसिद्ध खेलाडि सायना नेह्वालको रुपमा श्रद्धा कपुर आउन लागेकी हुन् । केहि समय अघि दिपिका पादुकोण उक्त भुमिकाका लागि छानिएकी भए पनि अहिले श्रद्धा कपुरलाई उक्त भुमिकामा ल्याउन लागिएको छ ।

‘तारे जमिन पर’, ‘स्टानलिका डब्बा’, ‘हावा हवाई’ जस्ता फिल्म निर्देशन गरिसकेका अमोल गुप्ते उक्त फिल्ममा निर्देशकका रुपमा देखिने भएका छन् ।

“स्कुले जीवनमा कुनै न कुनै बेला हामीले ब्याडमिन्टन खेलेका छौ । सायना जस्तो नम्बर १ खेलाडि र युवा आईकोनको भुमिका निर्वाह गर्न पाउने हुँदा म आफुलाई निकै भाग्यमानी ठान्छु । म निकै आतुर छु उक्त भुमिकाको लागि ।”; श्रद्धाले टाइम्स अफ इन्डियालाई बताईंन ।

साथै, उक्त क्षणलाई ट्वीटर मार्फत पनि सेयर गरिन् ।

यसतै सायनाले पनि आफ्नो मिल्ने साथी आफ्नो भुमिकामा पाउँदा निकै खुसि रहेको बताईन ।

“मलाई फिल्मको बारेमा थाहाँ थियो तर मेरो भुमिकामा को आउँछिन् थाहाँ थिएन । श्रद्दा मेरो भुमिकामा आउने हुँदा म धेरै नै खुसि छु किनकि उनि एकदम प्रतिभावान कलाकार हुन् र निकै मेहेनती पनि छिन् । मलाई विश्वास छ उनले मेरो भुमिकालाई न्याय दिनेछिन् । सबै भन्दा राम्रो पक्ष त के भन्दा उनि मेरो मिल्ने साथी पनि हुन् । यसर्थ, उसलाई ब्याडमिन्टन सिकाउन पनि मलाई सजिलो हुन्छ । धेरैले हामी उस्तै देखिने बताउदै आएका छन् र त्यो हाम्रो लागि राम्रो कुरा हो ।”; उनले बताईंन ।