३१ लाख भारतीय नोटसहित २ जना पक्राउ
-
जेठ २३, २०७५ पर्सा ।
प्रतिबन्धित ३१ लाख ८० हजार भारतीय नोटसहित पर्सा प्रहरीले मंगलबार २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैयाका चितरंजन प्रसाद र भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरी रहेका छन् ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन मंगलबार पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको छ ।
भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरीले शरीरका विभिन्न भागहरूमा फिटिंङ गरी लुकाई राखेको २७ लाख ८० हजार र सोही मोटरसाइकल पछाडी सवार कलैयाका चितरंजन प्रसादको शरीरमा ४ लाख लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
उनीहरुलाई आवश्यक कार्यवाहीको लागि पुलचोक ललितपुरमा रहेको राजश्व अनुसन्धान बिभाग हरिहर भवन पठाउने तयारी भईरहेका प्रहरीले जनाएको छ ।