Trending :
 

उत्तर कोरियाको मैत्रीपूर्ण प्रतिक्रियापश्चात् अमेरिकासँग वार्ता निश्चित्

ट्रम्पका वकिलको आरोप ‘किम जोंग उनले घुँडा टेकेर भिख मागे’

जेठ २४,२०७५

-

 जेठ २४, २०७५ बीबीसी ।
 
उत्तर कोरियाको मैत्रीपूर्ण प्रतिक्रियापश्चात् सिंगापुरमा जून १२ मा बस्ने भनिएको उत्तर कोरिया र अमेरिकाको द्वीपक्षीय वार्ताका तयारी सम्भव भएको छ ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मे मा उत्तर कोरियामाथि ‘अत्यधिक क्रोध र घृणा’ को आरोप लगाउँदै उक्त सम्मेलनबाट आफू पछि हट्ने घोषणा गरेका थिए ।
 
ट्रम्पका वकिल रुडी जूलियानीले अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँगको प्रस्तावित भेट रद्द गरेपछि किम जोंग उनले यसलाई जसरी पनि गराउनका लागि ‘घुँडा टेकेर भिख मागेको’ बताएका छन् ।  
 
इजराइलमा आयोजित एक पत्रकार सम्मेलनमा जूलियानीले ट्रम्पको कडा व्यवहारका कारण नै उत्तर कोरियाले आफ्नो छवी परिवर्तन गर्न बाध्य भएको बताए ।
 
 
जूलियानीले इजराइलमा इन्भेस्टमेन्ट कन्फरेन्सलाई सम्बोधित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
 
जूलियानीको भनाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले भन्यो, ‘किम जोंग उनले घुँडा टेकेर सम्मेलनका लागि भिख मागे । ठिक त्यसरी नै जसरी तपाईं उनलाई देख्न र राख्न चाहनुहुन्छ ।’
 
जूलियानी राष्ट्रपति ट्रम्पका वकिल हुन् र उनी अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपबारे अनुसन्धानको मामला हेरिरहेका छन् ।
 
उत्तर कोरियाको तर्फबाट जूलियानीको यो टिप्पणीबारे अहिलेसम्म केही प्रतिक्रिया सार्वजनिक भएको छैन ।
 
सम्मेलनका विषयमा मंगलबार ट्रम्पले योजना राम्रो तरिकाले अघि बढिरहेको जानकारी दिएका थिए । एजेन्सी